प्रचण्ड र शेरबहादुरको मिल्यो केमेष्ट्री

Sher baharu   prachanda

काठमाडौं– दलहरुवीच स्थानीय निकायको दोस्रो चरणको निर्वाचन सार्ने विषयमा वार्ता, छलफल भैरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति अथवा अदालतको कुनै पनि कारणले दोस्रो चरणको निर्वाचन असार १४ भन्दापछि नसर्ने बताएका छन् ।

दश बर्ष सशस्त्र माओवादी आन्दोलनको नेतृत्व गरेका प्रचण्डलाई संसोधनवादमा फसेको र पुराना सपना बिर्सेको आरोप लागि रहँदा प्रचण्ड आफैले पुराना सपनालाई वर्तमान समयमा पुरा गर्न सम्भव नभएको स्पष्ट परोका हुन् ।

उनले युद्ध सहयात्री बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’को नाम उल्लेख गर्दै आफूमा होइन कि पार्टी छोडेर जानेहरुमा ‘डेभिएसन’ आएको बताए ।

बाबुराम र विप्लव जस्ता साथीहरुलाई मेरो के भनाई छ भने, यो हामीले गरेको संघर्षको परिणाम हो । यहाँ टेकेर हामीले देखेको सपनालाई व्यवहारिक रुप दिन सकिन्छ यहाँ त्यो मार्ग खुला छ । त्यसकारण ‘डेभिएसन ममा होइन तपाईहरुमा आएको हो ।

उनले बाबुरामले नाम मात्रै नयाँ राखेको तर बोतल खोलेर हेरेमा पुरानै कुरा बेची रहेको टिप्पणी गरे भने विप्लवलाई आफूले गरी सकेको पुरानै कामको पुनरावृत्ति गरेको बताए ।

कम्युनिष्ट राजनीति गरेको मान्छे र डेमोक्रेटिक आन्दोलनमा लागेको मान्छे प्रचण्ड र शेरबहादुरको बीचमा कसरी केमेष्ट्री मिलेको छ त भन्ने प्रश्नमा उनले यसको जस संघीय लोकतान्त्रीक गणतन्त्रलाई जाने बताए ।

उनले देउवाको र आफ्नो पार्टीको बीचको राजनीतिक सहकार्य एैतिहासिक भएको उल्लेख गर्दै यसले इतिहासमा नयाँ अध्याय थपेको समेत बताउन चुकेनन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानलाई बचाएर जानु पर्छ भन्ने लाईनमा  पनि र म पनि भएको हुनाले हाम्रो मिलन ‘हिस्ट्रोरिकल’नै हो । यो प्रचण्ड जनवादी गणतन्त्र नआएसम्म हतियार नबिसाउने प्रचण्ड होइन ।

उनले अन्तरवार्ताको क्रममा आफूले युद्ध र शान्तिको अभूतपुर्व काम गरेको उल्लेख गर्दै यो काम नेपालमा मात्र नभएर ल्याटिन अमेरिका, युरोप र अमेरिकामा भएको भए नोवेल शान्ति पुरस्कारका लागि प्रस्तावित गरिने सम्भावना रहेको तर नेपालमा भएकाले पश्चिमा दुनियाँले महत्व नदिएको गुनासो गरे ।

निवर्तमान प्रधानमन्त्री प्रचण्डले भने– ‘युद्ध र शान्तिको यस्तै अनुभव ल्याटिन अमेरिका, युरोप र अमेरिकामा भएको भए बडो मुक्तकण्ठले नोबेल शान्ति पुरस्कारका लागि कुरा गरिन्थे होला । तर, हामी नेपालमा भएकाले यसलाई पश्चिमा दुनियाँले त्यति महत्व दिएको छैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...