मधेस रणनीति बनाउन तीन शीर्ष नेता बिच भेटवार्ता

Pusp kamal kp oli deuba

काठमाडौं– दोस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा मधेसमा आन्दोलन थालिएपछि प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीले मंगलबारदेखि थालेको चार दिने मधेस बन्दका कारण तराईको जनजीवन प्रभावित भएपछि प्रमुख तीन दलका शीर्ष नेता नयाँ रणनीति बनाउन छलफलमा जुटेका हुन् ।

प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीचको छलफल सिंहदरबारमा चलिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आगामी निर्वाचन नै प्रभावित गर्ने गरी भएको राजपाको आन्दोलन रोक्ने तथा मधेस रणनीति बनाउनेबारेमा छलफल भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...