राष्ट्रपति भण्डारी जेनेभा भ्रमणमा

Bidya devi

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार स्विटजरल्याण्ड जाने भएकी छन् । जेनेभामा आयोजना हुने १०६ औं श्रम सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारीसँगै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, राष्ट्रपतिकी स्वकीय सचिव विमला पौड्याल राई, मन्त्रालयका अन्य वरिष्ठ अधिकृत त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार, अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक भागका रुपमा रहेको रोजगारीको विश्व शिखर बैठक’ मा राष्ट्रपति भण्डारीले असार १ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

भण्डारीले नेपाली महिलाको राजनीति र रोजगारीको क्षेत्रमा सहभागिता तथा प्रतिनिधित्वका विषयमा समेत बोल्ने छिन् ।

भण्डारी असार ४ गते स्वदेश फर्कने तालिका छ । सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम संगठनको सदस्य बने पनि नेपालको राष्ट्र प्रमुखलाई यस्तो अवसर जुरेको थिएन । राष्ट्र प्रमुखका रुपमा सम्बोधन गर्ने अवसर भण्डारीलाई यसपटक मिलेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...