ओलीलाई प्रधानमन्त्रीको प्रश्न, आयोगलाई भरतपुरमा पुनः मतदान गर्न दवाव दिएको पुष्टि गर्नुहुन्छ ?

Prachanda

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा मतपत्र च्यातिएको विषयमा आफुले दवाव दिए भन्ने कुरा पुष्टि गर्न एमालेलाई चुनौती दिएका छन् ।

प्रधानमनत्री दाहालले आफुले के गरे भन्ने कुरा निर्वाचन आयोगलाई राम्ररी थाहा भएको र त्यैपनि प्रतिपक्ष दलका नेताले त्यसलाई नारा बनाइरहेकाले त्यसलाई पुष्टि गर्न चेतावनी दिएका हुन् ।

‘केपीजीले खोज्न सक्ने अरु केही छ भन्ने लाग्छ भने खोजे हुन्छ’, प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचन आयोगका अधिकृतहरुले प्रतिवेदन बुझाएकै छन्, त्यसबाट चित्त बुझ्दैन भने चित्त बुझाउने ठाउँ अदातल छ, जहाँ तपाईहरु जानुभएकै छ ।’

उनले भरतपुरमा मतपत्र च्यातिनु गलत भएको भन्दै आएको पनि बताए । ‘मैले आयोगलाई तपाईलाई जे लाग्छ, त्यही गर्नुस भनेको छु’ प्रधानमन्त्री दाहालले भने, ‘मैले कुनै कुरामा दवाव दिएको छैन । आमी शान्ति प्रतिको निष्ठा, लोकतन्त्र प्रतिको निष्ठाप्रति हामी प्रतिवद्ध छौं, त्यही भएर हामीले मतपत्र च्यात्ने कल्पनासमेत गर्न सक्दैनौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...