संविधान संशोधन सबैको हितका लागि : प्रचण्ड

Prachanda

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा पेश भएको संविधान संशोधन पारित गर्न सबै दलहरुसँग आग्रह गरेका छन् ।

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिले सबैलाई स्वीकार्य हुनेगरी संविधान संशोधन प्रस्ताव ल्याइएकाले त्यसलाई पास गर्ने वातावरण मिलाउन सबै दलहरुलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘लामो संघर्षपछि प्राप्त भएको शान्ति प्रmित्रयालाई टुग्याउन जरुरी छ । जे विषय बढी संवेदनशील छ, त्यसलाई विधी पु¥याए र कार्यान्वयन गरिनुपर्छ ।’ प्रधानमनत्री दाहालले हिमाल पहाड र तराईलाई एकता गर्नुपर्ने भएकाले पनि मेरो गोरको बाह्रै टक्का भन्न नुहने बताए ।

‘मेरो गोरुको बाहै्र टक्का भन्ने काम त्याग्नुपर्छ’ उनले भने, ‘राष्ट्रिय एकताका लागि जतिसक्दो लचकता अपनाउन जरुरी छ ।’ मधेशी मोर्चालाई समेत मान्य हुने गरी संशोधन ल्याइएकाले त्यसको मर्मलाई सबैले बुझिदिएर देशलाई विकासको बाटोतर्फ मोड्न आग्रह गरे ।

प्रधानमनत्री दाहालले चैत महिनाभित्र स्थानीय तहको निर्वाचन सक्ने र वैशाख पहिलो हप्ता राजीनामा दिने पहिले नै सहमति भएका कारण आफुले राजीनामा दिउको बताए । उनले भने, ‘मैले दोस्रो चरणको निर्वाचन सकेर मात्रै राजीनामा दिन्छु भनेको भए नेपाली कांग्रेसले सत्ता छोड भनेर भन्ने थिएन ।’

प्रधानमन्त्री दाहालले पटकपटक आफुले कसैको दवावमा राजीनामा नदिएको दोहो¥याए । उनले भने, ‘मलाई शेरबहादुर देउवाजीले सत्ता छोड भन्नु पनि भएको थिएन, मैले आफैं नै सत्ता उहाँलाई सुम्पिन चाहेको हुँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...