अझैं बस्न सकेन संसद बैठक

Samsada

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध नगर्ने बताए पनि मधेशी मोर्चासँग सहमितको प्रयासले अझैं संसद बैठक शुरु हुन सकेको छैन ।

सभामुख ओनसरी घर्तीले आज आज १ बजे प्रधानमनत्रीको निर्वाचन हुने गरी बैठक बोलाएकी थिइन् ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्न मधेशी मोर्चा राजी भएपछि बैठक ढिलो सुरु भएको हो ।

मोर्चासँग सहमति भए पनि हस्ताक्षर भई नसक्दा संसद सुरु हुन नसकेको नेताहरुले बताएका छन् । १ बजे संसद बैठक बस्ने भनिएको सबै सांसदहरु नयाँ बानेश्वर स्थित संसद भवन पुगिसकेका छन् ।

नेपालको संविधानको धारा २९८ को उपधारा ९३० र संसद् नियमावली, २०७३ को परिच्छेद ९ को दफा ४९ मा प्रधानमन्त्री चयन सम्बन्धी व्यवस्था छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ १० गते पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानानुसार जेठ ११ गते संसद्मा रहेका राजनीतिक दलको सहमतिमा प्रधानमन्त्री चयन गर्न ७ दिनको समयावधिसहित आह्वान गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...