च्यतिएको मतपत्र गन्न नसकिने
चितवन । गणनामा संलग्न नेपाली कांग्रेस उपमेयरकी उम्मेदवार पार्वती शाहले च्यातिएको ९० मतपत्र गन्न सक्ने अवस्थामा नरहेको बताइन् ।
मिल्नेसम्म टेप लगाएर पनि मिलाइएको छ । तर, च्यातिएका मतपत्रहरु गन्न मिल्ने अवस्थामा छैन । एक मतले पनि हार जित हुने भएकाले पुनःमतदान गर्नुपर्छ ।
निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको सहमतिमा बिहीबार शिलबन्दी मतगणना सुरु गरिएको थियो । भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको छ ।
प्रतिकृया दिनुहोस