निर्वाचन विरोधी सगरमाथा ब्यूरोका दुई व्यक्ति पक्राउ

Hatkdi

भोजपुर, । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै पौवादुङ्मा गाउँपालिका–४ वास्तिमबाट नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्यूरो सदस्य जीवन राई र गाउँ पार्टी सदस्य मानबहादुर राईलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

उनीहरुले पौवादुङ्मा गाउँपालिका–४ को वडा कार्यालयमा संयुक्त क्रान्तिकारी जनपरिषद्को नाममा बोर्ड लेखेपछि पक्राउ गरिएको भोजपुरका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

यसैबीच, आफ्ना कार्यकर्ता पक्रउ परेपछि नेपाल कम्युनिस्ट पार्टीले बिनासर्त रिहा गर्न माग गर्दै विज्ञप्ति निकालेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...