काठमाडौंमा माकेलाई ठूलो धोका

Deuwa prachanda

काठमाडौं । सत्ताको बागडोर सम्हालेका बेला केके नै जित्छौ भनेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको फेर समात्यो । तर, उसले ठूलो धोका खाएको छ ।

२० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा सत्ता साझेदार दल नेपाली कांग्रेसले १४ वटा वडामा विजय हात पार्दा माओवादी केन्द्रको हातमा शुन्य नतिजा प¥यो । केन्द्रले एउटा पनि वडा जित्न नसक्दा लज्जा बेहोर्नु परेको छ ।

काठमाडौं महानगरपालिकामा नेकपा एमालेले १८ वटा वडा जित्दै आफ्नो वर्चश्व कायम गरेको छ । एमालेसँगै समिकरण गरी निर्वाचनमा भाग लिएको राप्रपाले पनि एमालेबाट धोका खाएको छ । उसले एक वडा पनि जित्न सकेन ।

३१ वैशाखमा भएको निर्वाचनमा आइतवार विहान घोषित मत परिणामअनुसार १८ वटा वडामा एमाले र १४ वडामा नेपाली कांग्रेस विजयी भएका हुन् । एमालेका तर्फबाट वडा नं १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा दीपेन्द्र केसी, ४ मा मोहनबहादुर विष्ट, ७ मा शुद्धकुमार डङ्गोल, ९ मा भरतलाल श्रेष्ठ विजयी भए ।

त्यसैगरी एमालेकै तर्फबाट १२ मा विकास डंगोल, १३ मा ध्रसवनारायण मानन्धर, १४ मा शोभा सापकोटा, १५ मा ईश्वरराज डंगोल, १८ मा न्हुच्छेकाजी महर्जन, २१ मा उदयचूडामणि वज्राचार्य, २२ मा चीनकाजी महर्जन, ३३ मा मच्चाराम महर्जन, २४ बालकृष्ण श्रेष्ठ, २७ चिनियाँमान वज्राचार्य, ३१ मा नारायणप्रसाद भण्डारी र ३२ मा नवराज पराजुली विजयी भए ।

नेपाली काग्रेसका तर्फबाट वडा नं ५ मा रमेश महर्जन, ६ मा दीपेन्द्र लामा, ८ मा दिनेशकुमार डंगोल, १० मा रामकुमार केसी, ११ मा हिरालाल तण्डुकार, १६ मा मुकुन्द रिजाल, १७ मा नवीन मानन्धर, १९ मा शशीलाल श्रेष्ठ, २० मा राजेन्द्र मानन्धर, २५ मा नीलकाजी शाक्य, २६ मा ख्यामराज तिवारी, २९ मा कुश ढकाल, २८ मा भाइराम खड्की र ३० दलबहादुर कार्की विजयी भए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको सिधुँवामा नवसाक्षरता कार्यक्रम प्रभावकारी बन्दै, अक्षर चिन्न छेकेन बुढ्यौलीले

Sidhuwa proaudh sikshya

धनकुटा । पढ्नलाई न उमेरले छेक्छ, न परिस्थितीले नै । अहिले धनकुटा छथरजोरपाटी गाउँपालिकाको सिधुवामा...