कांग्रेस र एमालेले संविधान संशोधनको काम सुरु गर्ने
कांग्रेस र एमालेले संविधान संशोधनको काम सुरु गर्ने
अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ । गत आइतबार काठमाडौं महानगरपालिका– ३० को वडा सम्मेलनमा कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमालेले संविधान संशोधनका लागि संयन्त्र बनाएर काम सुरु गर्ने बताएका थिए । थापाका अनुसार कांग्रेस र एमालेले एउटा संयन्त्र बनाउँछन् । सत्तारुढ दलका नेता र मन्त्रीहरू संविधान संशोधनका लागि संयन्त्र बनाइहाल्ने पक्षमा छन् ।
यसमा कांग्रेस नेता र कांग्रेसबाट मन्त्री बनेकाहरू अग्रसर छन् । त्यस्तै, मंगलबार गृहमन्त्री रमेश लेखक संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लै कार्यदल बनाउन लागेको बताए । आवश्यक छलफल गरेर विषयहरूको पहिचान गर्ने त्यसपछि चरणबद्ध रूपमा सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्ने गृहमन्त्री रमेश लेखकले बताए। त्यसपछि विषयवस्तुमा सहमति गरेर संशोधन हुन्छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै लेखकले सबै दलहरूसँग सहमति जुटाएर समयसापेक्ष रूपमा संविधान संशोधन गर्ने बताए ।
प्रतिकृया दिनुहोस