कांग्रेसकोे सहकार्य फेरिन सक्ने आशङ्कामा प्रधानमन्त्री ओली
कांग्रेसकोे सहकार्य फेरिने सक्ने आशङ्कामा प्रधानमन्त्री ओली
भारतको गुप्तचर संस्था रअ का पूर्वएजेन्ट लक्की विष्टले केही दिनअघि ‘नवभारत टाइम्स’सँगको कुराकानीमा १० देखि एक महिनाभित्र केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन् । विष्टको अभिव्यक्ति सार्वजनिक भएसँगै नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बारम्बार नेपाली कांग्रेससँगको सहकार्य ०८४ को निर्वाचनसम्म कायम रहने प्रष्टीकरण दिइरहेका छन् ।
सत्ताको बागडोर सम्हालिरहेका एमाले कांग्रेसका शीर्ष नेताहरू प्रायः कार्यक्रममा ‘यो सरकार कुनै हालतमा ढल्दैन’ भन्ने रटान लगाउँदै आएका छन् । सरकारले गर्नुपर्ने थुप्रै काम थुप्रै भएको भए पनि, ती काम भन्दा सरकार लामो समयसम्म चल्नेमा आश्वस्त बनाउनु नै उनीहरू पहिलो प्राथमिकता जसरी प्रस्तुत भइरहन्छन् ।
विष्टले ‘आज १२ डिसेम्बर हो, तपाईँ नोट गर्नुहोस्, केही दिनपछि, एक महिनामा नेपालको अहिलेको सरकार ढल्दै छ ।’विष्टको अभिव्यक्तिकै कारण अहिलेको सत्तारुढ दलमाझ हलचल ल्याएको सजिलै देखिन्छ । विपक्षी दलहरूले ओली नेतृत्वको सरकार अहिले स्थिर नभएको बताइरहँदा विष्टको ‘खुलासा’ले विपक्षी दललाई थप बल पुगेका छ । प्रधानमन्त्री ओलीले भने सरकार ढल्दैन र सहमतिअनुरूप शेरबहादुर देउवा प्रधानमन्त्री बन्छन् भनिरहनुले ओली त्रसित रहेको टिप्पणी राजनीतिकवृतमा चलिरहेको छ ।
प्रतिकृया दिनुहोस