चितवनमा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
चितवनमा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो भने झडपमा परेर आठ प्रहरी घाइते भएका छन् ।
प्रदर्शनकारीले ढुंगा प्रहार गर्न थालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रकाले बताए । मिश्रका अनुसार प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको हो । घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस