काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस प्रदर्शन गरेको छ । एमालेको प्रदर्शन र सभाका कारण ट्राफिक अस्तव्यस्त भएको छ ।

एमालेको काठमाडौं, ललितपुर, भक्तपुर उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय र जनसङ्गठनहरुद्वारा शुक्रबार ‘अराजकता, सामाजिक विद्वेष र विकृतिका विरुद्ध लोकतन्त्र, सामाजिक सद्भाव र राष्ट्रिय एकता’ को नारासहित संयुक्तरुपमा आयोजना गरिएको जागरण सभाको नाममा प्रदर्शन गरेको हो ।

शान्ति सुरक्षा र सबै खालका अराजकता र सुशासन समेत कायम गर्ने राज्यको जिम्मेवारी बोकेको दल नै सडक प्रदर्शनमा उत्रिन लागेको भन्दै केहीले आलोचना गरिरहेका बेला एमालेले भने अलोकतान्त्रिक शक्तिहरू संगठित हुन नदिनका लागि समेत सभा प्रदर्शन गरिएको एमालेले बताएको छ ।
सो सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता समीकरण २०८४ चुनावसम्म कायम रहने ठोकुवा गरे । प्रधानमन्त्री ओलीले आफू आगामी २०८३ साल असारसम्म प्रधानमन्त्री पदको जिम्मेवारीमा रहने पनि उल्लेख गरे ।

‘एमालेलाई कसैले हल्लाउन सक्ने छैन । अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन’, उनले भने, ‘अहिलेको सरकार कमिसन खोरी र भ्रष्टाचार गर्न गएको छैन । कमाउन आएको छैन । आफ्ना मान्छे भर्ती गरेको छैन । एमालेतिर औँला ठड्याएर बोल्नेहरुलाई चुनौती दिन चाहन्छु, तथ्य र प्रमाणका आधारमा बहस गर्न सक्नुहुन्छ ?’

उनले धेरै प्रकारका मान्छेले धेरै प्रकारका हल्ला फैलाए पनि एमाले कागको पछि नलाग्ने स्पष्ट पारे । उनले सरकार गिराउने खेल भइरहे पनि त्यो सफल नहुने बताए । ’सरकार बन्दै बन्दैन, विश्वासको मत पाउँदै पाउँदैन । दसैं कट्दैन । तिहार कट्दैन भन्थे । अब त मंसिर पनि आयोग । उनीहरू फेब्रुअरी भनिरहेका छन् । कान खोलेर सुने हुन्छ । यो समीकरण मंसिर ०८४ सम्म चल्छ’ उनले भने, ‘८३ असारसम्म मैले नेतृत्व गर्छु । कांग्रेस र एमालेले १८/१८ महिना सरकार चलाउँछ । त्यसमा कुनै भ्रम नराखे हुन्छ ।

उनले एमाले र कांग्रेस प्रतिस्पर्धी भए पनि देश विकासका निम्ति एक ठाउँमा उभिएको बताए । ‘एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी पनि हुन् । तर, किन एक ठाउँमा छन् ? प्रतिस्पर्धा भन्दा ठूलो कुरा देश निर्माण हो । अहिले देशमा अराजकता फैलाइएको छ । असंवैधानिक काम भइरहेको छ । लोकतन्त्रलाई खतरामा पार्ने, समाप्त पार्ने षड्यन्त्र भइरहेको छ । त्यसलाई दुई दल मिलेर चिर्नेछ’, उनले भने, ‘लोकतन्त्रका लागि ज्यान गुमाएका सहिदहरूको सपना खेर जान दिइने छैन । हामीले सडकमा संघर्ष गरेर ल्याएको यो स्वतन्त्रताहरू हामी छोड्न सक्दैनौं । तलमाथि पर्न दिइने छैन । संविधानका मूल मर्म तलमाथि पर्न दिइने छैन ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...