काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी

2 pary samjhauta

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमाडौंमा तालमेल हुने भएको छ ।

उपनिर्वाचनका लागि मनोनय दर्ता हुने एएक दिनअघि शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबीच चुनावी तालमेलबारे सहमति भएको छ ।

माओवादीका तर्फबाट उपाध्यक्ष अग्नि सापकोटा र एकीकृत समाजवादीका तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । त्यसक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु हितमान शाक्य, मुक्ति प्रधान र नेता सूर्य सुवेदी उपस्थित थिए ।

सहमति अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकामा माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउनेछ भने काठमाडौं महानगरपालिका(१६ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादी केन्द्रले सघाउनेछ ।

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस