सरकारका सय दिन : ७० प्रतिशत काम गरेको दाबी, नतिजा छैन भनेजस्तो

यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

Kp sharma ol

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार बनेको एक सय दिन पूरा भएको छ ।

यो अवधीमा सरकारले सय दिनमा गर्छु भनेका कामहरूमध्ये ७० प्रतिशत काम गरेको दाबी गरेको छ । तर ओलीले नै सरकार बनेपछिको सय दिनमा परिणाममखुमी काम गर्न नसकेको स्वीकारेका छन् । सरकारको सय दिने उलपब्धि सार्वजनिक गर्दै ओलीले यस्तो स्वीकारेका हुन् ।

सरकारले सय दिन पूरा गरेको अवसरमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरे । सरकारको सय दिनको उलपब्धिबारेको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले काम गर्न नदिने उद्देश्यले सरकार ढल्छ भनेर गलत हैला फैलाइएको बताए ।

सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्दै उनले आफू प्रधानमन्त्री भएपछि ‘थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने’ कुरालाई पहिलो प्राथमिकतामा राखेको र त्यसअनुसार सय दिनमा गर्छु भनेर तय गरेका कामहरूमध्ये ७० प्रतिशत पूरा भएको बताए ।

‘पहिलो सय दिनमा हामीले कुन–कुन मन्त्रालय अन्तर्गत के–के काम थालेका छौँ र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाई कामको प्राथमिकता तोकेका थियौँ’ ओलीले भने, ‘अहिले १०० दिनपछि हेर्दा सबै मन्त्रालयले गर्ने भनेका २७४ वटा काममध्ये १८५ वटा कामहरू सम्पन्न भएका छन् । अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गर्थ्यो ।’

उनले सरकारले काम गर्न कर्मचारी प्रशासनको सहयोग चाहिने बताए । ओलीले भने, ‘कामका दौरानमा मलाई कतिपयले सुनाउनुहुन्छ– बारम्बार सरकार फेरबदलका घटनाले ब्युरोक्रेसी नै अल्मलिएको छ, कर्मचारीले काम होइन स्थायित्वप्रति आशंका गर्छन् । त्यसरी सुनाइएका कुराहरुलाई मैले खण्डन गर्ने गरेको छु– कर्मचारीले नै काम गर्ने हो । ब्युरोक्रेसीको नेतृत्व गरेका मुख्य सचिव र सचिवहरु यहीँ हुनुहुन्छ । उहाँहरु पनि मेरो भनाइसँग पक्कै सहमत हुनुहुन्छ– राजनीतिक नेतृत्वले नीति र प्राथमिकता अघि सार्छ, कर्मचारी प्रशासनले त्यसलाई कार्यान्वयन गर्छ ।’

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ :-

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुर्य थापाको रविमाथि व्यङ्ग्य- कलाबिहीन नयाँ नाटक ‘प्रतिशोध’ सुपरफ्लप

Surya rabi

काठमाडौँ । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिका सभापति सूर्य थापाले र...