रास्वपा प्रदेश खारेजीको पक्षमा, २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने

Rsp bhela

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश खारेजको प्रस्ताव राखेको छ । काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै प्रदेश खारेजीको प्रस्ताव गरेका हुन् ।

सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्दै सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले देशलाई दुई दलीय व्यवस्थामा लैजाने प्रपञ्च गरिरहेको अरोप लगाएका छन् ।

उनले उल्लेख गरेका छन्, ‘प्रदेश सभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायिकी अधिकार दिने दिन सकिने उन्नत विकल्पबारे छलफल सुरू गरिनेछ । साथै विज्ञले नेतृत्व गर्ने गरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित पाँच वटा प्रदेश मन्त्रालय रहने व्यवस्था, बहुआयामिक पहिचान झल्कने सात वटा प्रदेश, स्थानीय पालिकाको संख्या भने पाँच सयभन्दा मुनि झारिने, बलियो संघीय सरकार विस्तारित स्थानीय पालिकाको बीचमा छरितो प्रादेशिक तहबारे बहस सुरू गर्ने प्रस्ताव राख्न चाहन्छु ।’

उनले यसका कारण साना दलबीच ध्रुविकरणको आधार बन्दै गएकोसमेत दाबी गरेका छन् । ‘सरकार सहयात्री कांग्रेस र एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजाने प्रपञ्च गरिरहेकाले राजनीतिक ध्रुविकरणको आधार बन्दै गएको छ,’ लामिछानेले भनेका छन्, ‘व्यवस्थापकीय सुधार र राजनीतिक स्थिरताको बहनामा उनीहरू साना दलको अस्तित्व मेटाउने योजनामा छन् । सम्भावित यो कदमले वैकल्पिक राजनीतिक शक्ति बन्न चाहने नयाँ दल र शक्तिहरूलाई ढिल(चाँडो सहकार्यका लागि एकै ठाउँमा ल्याउन सक्छ ।’

यस्तो अवस्थामा वैकल्पिक राजनीतिक शक्तिहरुलाई एकीकृत गर्ने दायित्व आफूहरु कै हुने उनको प्रतिवेदनमा उल्लेख छ । ‘यहाँ हामीले ख्याल गर्नुपर्छ कि, वैकल्पिक राजनीतिक शक्तिप्रतिको विश्वास र मतलाई एकीकृत गर्ने दायित्व पनि हाम्रै हो,’ लामिछानेको प्रस्ताव छ, ‘यसलाई पनि हामीले अभियानकै रुपमा अगाडि बढाउनुपर्छ ।’

लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । आजैबाट पार्टीको केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत भएको सभापति लामिछानेले बताए । उनले नयाँ अभियानको पनि घोषणा गरे । जनताको कुरा सुन्न ‘महाकाली–मेची जनयात्रा अभियान’ सुरु गर्ने रविले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

क्रमसः बाहिरिन थाल्यो मनसुन, आगामी ३ दिन भने वर्षाको सम्भावना कायमै

Mausam news

काठमाडौं । नेपालका केही भूभागबाट यो वर्षको मनसुन बाहिरिएको छ । गत असार पहिलो साता भित्रिएको मनसुन...