‘घण्टी’ बजाएर शुरु भयो रास्वपाको केन्द्रीय परिषदको राष्ट्रिय भेला, आउँदो बैशाखमा महाधिवेशन गर्ने प्रस्ताव

Rsp bhela

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला काठमाडौंमा शुरु भएको छ ।

आज बिहान सभापति रवि लामिछानेसहित सबै प्रतिनिधिले ‘घण्टी’ बजाएर उद्घाटन गरेको सो भेलामा देशभर र प्रवाससमेतका गरि १ हजार ५ सय बढी प्रतिनिधि सहभागी छन् ।

भेलाको पहिलो दिन प्रदेश समितिका संयोजकहरूले रिपोर्टिङ गरेका छन् । कोसीका सभापित राजेश तिमल्सिना, मधेसका तपेश्वर यादव, बागमतीका अच्युतम लामिछाने, गण्डकीका राजन गौतम, लुम्बिनीका देवराज पाठक, कर्णालीका मदन खड्का र सुदूरपश्चिमका प्रकाश विष्टले विचार, संगठन, कार्यशैली र जनसरोकारका मुद्दामा पार्टीले लिनुपर्ने नीतिबारे पनि सुझाव दिए ।

आज नै ‘ओपन सेसन’अन्तर्गत कम्तीमा ५० जना प्रतिनिधिले धारणा राखेको रास्वपाले जनाएको छ । उनीहरूले नेतृत्वको रक्षा गर्नुपर्ने, सभापतिलाई सहज हुने गरी टीम बनाउन दिनुपर्ने, पार्टी विस्तारलाई तीव्रता दिनुपर्ने, तल्लो स्तरका संगठन बलियो बनाउनुपर्ने, केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित हुनुपर्ने, समितिहरू समावेशी हुनुपर्ने, पुराना दलको जस्तो सोच र कार्यशैली हुन नहुनेलगायत सुझाव दिए ।

आज नै कोषाध्यक्ष लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन पेस गरे । सदस्यता शुल्क स्वेच्छिक बनाउँदा पार्टीको स्रोत घटेको तथ्य राखिएको प्रतिवेदनमा आर्थिक सुदृढीकरणका लागि ‘पार्टी पिलर’को अवधारणा अघि सारिएको छ । आज नै अनुशासन आयोगका सभापति भरतमणि देवकोटाले आयोगको प्रतिवेदन पेस गरे ।

आज नै अनुशासन आयोगका सभापति भरतमणि देवकोटाले आयोगको प्रतिवेदन पेश गरे । उपसभापति स्वर्णिम वाग्लेले ’नीति–विचार’ प्रतिवेदन पेश गरे । वाग्लेले २०८० मंसिरमा जलेश्वर बैठकले पारित गरेको ‘नीति–विचार’ प्रस्तावनाको संक्षिप्त व्याख्यासहित प्रतिवेदन पेश गरे । उनले संक्षिप्त प्रतिवेदन छलफलमा लैजाने र पहिलो महाधिवेशनबाट पूर्णता दिइने जानकारी पनि दिए । २०८२ को बैशाखमा महाधिवेशन गर्ने रास्वपाको प्रस्ताव छ ।

भेलामा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटी विधान संशोधनको प्रस्ताव पेश गरे । प्रस्तावमा एक–एक महिलासहित ३/३ जना उपसभापति र सहमहामन्त्री प्रस्ताव गरिएको छ । कोषाध्यक्ष र प्रवक्ताबाहेक सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने प्रस्ताव पनि गरिएको छ । केन्द्रीय कार्यसमितिमा हाल स्वर्णिम वाग्ले र डोलप्रसाद अर्याल दुवै पुरूष उपसभापति छन् । कोषाध्यक्ष र प्रवक्ताबाहेक सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने प्रस्ताव पनि गरिएको छ ।

भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुने छ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि सकिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...