गगन थापाको प्रस्तावको प्रस्ताव पारित, आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने

गत निर्वाचनमा चुनावी गठबन्धन गरेर पहिलो पार्टी बनेको कांग्रेसले भुल्यो की कुन्नी !

Congress miting

काठमाडौं । गएको निर्वाचनमा गठबन्धन गरेर ठूलो पार्टी बनेको नेपाली कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल नगर्ने भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमिति बैठकमा राखेको चुनावअघि गठबन्धन गर्न नहुने प्रस्ताव पारित भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले हामी भविष्यमा हुने आवधिक निर्वाचनहरुमा आफ्नै ताकतमा एक्लै लड्ने निर्णय गरेको हो ।

महामन्त्री थापाले यो प्रस्ताव गत फागुनमा सम्पन्न महासमिति बैठकमा राखेका थिए । तर महामन्त्री थापाको यस्तो प्रस्तावमा सभापति शेरबहादुर देउवाले बिमति जनाएका थिए । महामन्त्री थापा आफ्नो प्रस्तावमा अडिग रहने र सभापति देउवाले अस्वीकार गर्दा नेताहरु दुई खेमामा विभाजित भएका थिए । त्यसबेला महामन्त्री थापाको प्रस्ताव थियो, ‘पार्टी संगठन र समर्थक–शुभेच्छुकको ताकत र आम जनताको विश्वासमा आगामी आवधिक सबै तहको निर्वाचनमा पार्टी एक्लै लडेर पार्टीलाई पुनः एकल बहुमत सहितको लोकप्रिय पार्टीको रूपमा स्थापित गर्नेछौं ।’

चुनावी तालमेल रणनीतिक विषय भएकाले सार्वजनिक निर्णय गरेर जान नहुने देउवा पक्षीय नेताहरुको तर्क थियो । सभापति देउवा तयार नभएकाले महासमितिले निर्णय लिन सकेन । तर यही प्रस्तावलाई देखाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण बदल्ने निर्णय गरेका थिए । गत २१ फागुनमा कांग्रेससँग सहकार्य तोडेर नेकपा एमालेसँग सत्ता साझेदारी गर्ने निर्णय गर्दा प्रचण्डले महामन्त्री थापाको प्रस्तावलाई देखाएका थिए ।

अन्ततः आइतबार सकिएको केन्द्रीय समिति बैठकले आगामी चुनावमा कसैसँग तालमेल नगर्ने महामन्त्री थापाको प्रस्ताव पारित गरेको हो । ‘हाम्रो आफ्नै संगठनलाई थप उर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेस एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रुपमा पुनः स्थापित गर्नेछौं’, निर्णयमा भनिएको छ ।

कांग्रेसले आगामी निर्वाचनमा तालमेल नगर्ने निर्णय पास गरे पनि परिस्थितीले त्यस्तो देखाउँदैन । यदी अघिल्लो निर्वाचनमा कांग्रेसले माओवादीसहितका दलसँग चुनावी गठबन्धन नगरेको भए कांग्रेस दोस्रो स्थानमा खुम्चिन्थ्यो भने पहिलो पार्टी नेकपा एमाले बन्थ्यो ।

अबको निर्वाचनमा पनि कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै लड्ने हो भने कांग्रेस दोस्रोमा आइपुग्ने छ । त्यही भएर कांग्रेसले गरेको पछिल्लो निर्णयलाई कतिपयले आत्माघाती निर्णय गरेका टिप्पणी गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...