प्रचण्ड भन्छन्, पार्टी फुट्छ भन्ने हल्ला निराधार हो, झन एकढिक्का भएको छ

Prachanda banke

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताएका छन् ।

प्रेस सेन्टर नेपाल बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको बताए ।

‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ’, उनले भने, ‘हामीले एजेण्डा उठाएनौँ मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौँ । संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ ।’

उनले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको र पार्टी झन एकढिक्का भएको पनि बताए । प्रचण्डले पार्टीको नेतृत्व टिको लगाएर दिने र लिने पद नभएको बताए । पार्टी नेतृत्व आन्दोलन, इतिहासको मूल्यांकनबाट तय गरिने कुरा उनको भनाइ छ ।

‘म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन’, अध्यक्ष प्रचण्डले भने, ‘पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु ।’ आफूलाई अध्यक्ष भइरहने रहर नभएको उनले दाबी गरे । तर आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उनको भनाइ छ ।

पार्टीको प्रशिक्षणका क्रममा नेपालगन्ज आइपुगेका दाहालले सधैं आफू नेतृत्वमा रहरले भन्दा पनि आफूलाई नेतृत्वबाट उम्किने छुट नभएको स्पष्ट पारे । उनले भने, ‘जनभावनाले गर्दा मैले नेतृत्व गरिरहेको छु । अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोचमा छु ।’

समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लैजाने र टुटफुट भएका माओवादी घटकहरूसँग एकता गर्ने क्रम पनि अघि बढ्ने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

प्रचण्डले वर्तमान सरकार बिचौलियाको सरकार भएको आरोप पनि लगाएका छन् । वर्तमान सरकार कांग्रेस र एमालेको नभई बाहिरको शक्तिबाट बनेको बताए । उनले भने, ‘यो सरकार कसरी बनेको रैछ त्यो त केपीजी र शेरबहादुरजीले आफैं ओकलिरहनु भएको छ । यो सरकार असंवैधानिक हो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...