वृहत बाम एकताको पक्षमा एकीकृत समाजवादी, पहिलो बैठकद्धारा ७ बुँदे प्रस्ताव पारित

Us ekikritsamajbadi miting

काठमाडौं । बल्लबल्ल १० औं महाधिवेसनको चटारो सकेको नेकपा (एकीकृत समाजवादी) वाम एकताको पक्षमा देखिएको छ । केही समयअघिदेखि एकीकृत समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकताको चर्चा चलिरहेको छ ।

तर, बिहीबार केन्द्रीय समितिको बैठकले पारित गरेको प्रस्तावमा एकीकृत समाजवादीले पार्टी एकताबारे सामाजिक सञ्जाल र सञ्चार माध्यममा गलत प्रचार भएको बताएको छ ।

केन्द्रीय कमिटी बैठकले पारित गरेको ७ बुँदे प्रस्तावमा समाजवाद, लोकतन्त्र, राष्ट्रिय हित तथा सुशासनका लागि वामपन्थी शक्तिहरूसँग सहकार्य गर्ने नीतिअनुसार समाजवादी मोर्चा नेपालमा आवद्ध भएको उल्लेख छ ।

प्रस्तावमा भनिएको छ, ‘विचार, सिद्धान्त, राजनीति तथा संगठनका सबै विषयमा खुल्ला छलफलद्वारा सहमति र सहकार्य गर्दै अगाडि बढेर मात्रै कम्युनिष्ट पार्टीहरूका बीच एकता हुन्छ । हाम्रो पार्टी वाम एकताको पक्षमा सधैं दृढतापूर्वक रहँदै आएको छ । त्यसैले कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टी एकताबारे चलेका हलुका प्रचारबाट प्रभावित नहुन सबैलाई आग्रह गर्दछौं ।’

समाजवादीले समाजवादी मोर्चालाई अझ प्रभावकारी ढंगले क्रियाशील बनाउने निर्णय गरेको छ । एकीकृत समाजवादीले समाजवादी मोर्चाप्रति पनि दृढता व्यक्त गरेको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका छन् ।

साना दलको अस्तित्वमाथि आघात पुर्‍याउने संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने तथा समावेशी लोकतन्त्रको मूल मर्ममाथि प्रहार गर्ने कुचेष्टाले संविधान संशोधन गर्ने प्रतिगामी चिन्तनहरू प्रकट हुन थालेको निष्कर्ष निकालेको छ ।

प्रस्तावमा भनिएको छ, ‘यो बैठक संघीय लोकतान्त्रिक गणतन्त्र संविधान, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकता माथि हुन सक्ने षड्यन्त्र र प्रहारप्रति सचेत हुँदै सम्पूर्ण लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट हुन अपिल गर्दछ ।’

संसदको राज्य व्यवस्था समितिमा विचाराधीन रहेको भ्रष्टचार नियन्त्रण ऐन(२०५९ को शंशोधन विधेयकमाथि छलफल चलिरहेको बताउँदै भ्रष्टचारको मुद्दामा हदम्याद स्वीकार्य नहुने जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...