निर्वाचनबाट चुनिए एकीकृत समाजवादीका पदाधिकारी को-को छानिए ? (अन्तिम मत परिणामसहित)

रामकुमारी झाँक्रीको पक्षमा ११२ मत

Cpn us matagarana

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीको मतगणना सकिएको छ ।

अन्तिम परिणाम अनुसार उपाध्यक्षमा डा. गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १५१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका छन् ।

महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री पराजित भइन् । राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् । यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।

सचिवमा गणेशबहादुर विश्वकर्मा, बलदेब चौधरी, श्रीनाथ बराल, साबित्रा भुषाल, शेरबहादुर कुंवर, सोमप्रसाद पाण्डे र चन्द्रबहादुर शाही बिजयी भएका छन् । यद्यपि मत परिणाम सार्वजनिक गर्न भने बाँकी छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...