एकीकृत समाजवादीको दलित सचिवमा गणेश विश्वकर्मा निर्वाचित

Ganesh bk

काठमाडौं । दलित आन्दोलनका अगुवा गणेश विश्वकर्मा नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय सचिव निर्वाचित भएका छन् ।

दलित सचिवका लागि गणश विश्वकर्मा, निरा जैरु र कृष्ण नेपालीले प्रतिष्पर्धा गरेकोमा सचिवमा निर्वाचित विश्वकर्माले १८०, जैरुले ९८ र नेपालीले २६ मत पाएका थिए । तिनै जना यसअघि पोलिटव्यूरो सदस्य थिए ।

असारमा सम्पन्न भएको १०औं महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाल सर्वसम्मत भएका थिए । त्यसैगरी ९३ जना केन्द्रिय सदस्य पनि सर्वसम्मत भएका थिए ।

अधिकांश पदाधिकारी पदमा सहमति नभएपछि महाधिवेशनकै झल्को दिने गरी समाजवादीले चुनाव गरेको थियो । १७ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्यका लागि दिएका उम्मेदवारी परेको थियो । समाजवादीमा ६ उपाध्यक्ष, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ । ६ उपाध्यक्षका लागि १५ जना र ४ जना उपमहासचिवका लागि १९ जनाले प्रतिष्पर्धा गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...