एकीकृत समाजवादी : महाधिवेसनमा चुनावमा डराउने, पदाधिकारी छान्न चाँही चुनाव गराउने !

Ekikrit samajbadi central commitee meeting cover

काठमाडौं । असारमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशन हुँदा नेकपा (एकीकृत समाजवादी) ले बल्लतल्ल अध्यक्ष, महासचिव र सम्मानित नेता मात्रै चयन गर्यो । त्यतिबेला ९३ जनालाई मात्रै केन्द्रिय सदस्य घोषणा गरेर महाधिवेसन अन्त्य भएको थियो ।

महाधिवेसन सकिएको लामो समयपछि नेकपा एकीकृत समाजवादीले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य टुंग्याउने जिम्मा यी तीन जनाले लिएका थिए । जस अनुसार २२ असारमै ९३ जना केन्द्रीय सदस्य चयन भए भने बाँकी २५१ जना केन्द्रीय सदस्यको नामावली गत १८ साउनमा सार्वजनिक गरिएको थियो ।

जम्बो केन्द्रिय समितिको बैठक आइतबार राजधानीमा शुरु हुँदा सबै पदाधिकारी र पोलिटब्युरो सदस्य सर्वसम्मत होला भन्ने अपेक्षा गरिएको थियो । तर महाधिवेसनमा असारको खेती छोडेर नेता चुन्न आएका महाधिवेसन प्रतिनिधिलाई निरास पारेको एकीकृत समाजवादीले फेरि कार्यकर्ता तहसम्म निरास हुनेगरी पदाधिकारी चुन्न अन्ततस् चुनाव नै रोजेको छ । यसलाई कतिपयले महाधिवेसनमा चुनावमा जान डराएको समाजवादीले पदाधिकारी चयन गर्न गर्न चाँही चुनावी बाटो रोज्नुलाई लज्जाको विषय भएको टिप्पणी गरेका छन् ।

केन्द्रिय समितिको बैठकमा १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यमा आकांक्षीको संख्या बढेको भन्दै निर्वाचनको तयारी थालिएको छ । केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् । नेताहरूले मतदान प्रक्रियाबाट पदाधिकारी टुंगो लगाउन दबाब बढाएका थिए ।

केन्द्रीय कमिटीमा मतदानबाट पदाधिकारी टुंगो लगाउने कुरामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले विरोध जनाएका थिए । तर, पदाधिकारीमा आकांक्षी बढी हुँदा सहमतिमा टुंग्याउन सकस परेपछि अन्ततः उनी पनि मतदानमा जान तयार भएका हुन् ।

एकीकृत समाजवादीको विधानअनुसार केन्द्रीय समितिको एकतिहाइ पोलिटब्यूरो, पोलिटब्यूरोको एकतिहाइ स्थायी कमिटी र २१ सदस्यीय पदाधिकारी रहनेछ । केन्द्रीय कमिटीको संख्या विधानभन्दा बढी भएको र मनोनित गर्न बाकी भएका कारण पोलिट्व्युरो सदस्यको संख्या यकिन भएको छैन ।

पार्टीमा वरिष्ठ उपाध्यक्षसमेत छान्न सकस परिरहेको छ । यो पदका लागि राजेन्द्र पाण्डे र वेदुराम भुसालबीच महाधिवेशनकै समयदेखि रस्साकस्सी चल्दै आएको छ । आफू सर्वसम्मत वरिष्ठ उपाध्यक्ष नपाउने परिस्थिति बने नेता पाण्डे चुनावको पक्षमा छन् । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई रोक्न झलनाथ खनालले प्रमेश हमाल अघि बढाएको आरोप छ । यसअघि वरिष्ठ उपाध्यक्षमा प्रमुख दाबेदार रहेका वेदुराम भुसाल पछि हटेका छन् ।

घनेन्द्र बस्नेत, धर्मनाथप्रसाद साह, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, प्रकाश ज्वाला, गंगालाल तुलाधर, प्रमेश हमाल, जयन्ती राई, बलराम बास्कोटा, हरि पराजुलीसहितका नेताले उपाध्यक्षमा दाबी गरेका छन् ।

र यो पनि ...

एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक शुरु, पदाधिकारी टुंग्याउन सकस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...