एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक शुरु, पदाधिकारी टुंग्याउन सकस

Ekikrit samajbadi central commitee meeting cover

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा पदाधिकारी चयनबारे छलफल सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा नव मनोनित केन्द्रीय सदस्यको सपथ ग्रहणसँगै बैठक सुरु भएको हो । बैठकमा पदाधिकारी चयन, केन्द्रीय संरचनाहरूको निर्माण र विविध लगायतका तीनवटा एजेन्डा तय भएका छन् ।

पार्टीको असारमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । महाधिवेशन गरेको एकीकृत समाजवादीले तीन जनाबाहेक पदाधिकारी चयन गर्न सकेको छैन । महाधिवेशनको हलबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल सर्वसम्मत भएका थिए ।

बाँकी पदाधिकारी र केन्द्रीय सदस्य टुंग्याउने जिम्मा यी तीन जनाले लिएका थिए । जस नुसार २२ असारमै ९३ जना केन्द्रीय सदस्य चयन भए भने बाँकी २५१ जना केन्द्रीय सदस्यको नामावली गत १८ साउनमा सार्वजनिक गरिएको थियो ।

यसरी दुई चरणमा चयन भएका ३४४ सदस्यीय केन्द्रीय समितिको बैठक आइतबार सुरु भएको छ । यो बैठकबाट पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो गठन गर्ने कार्यसूची छ । त्यसका लागि अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र महासचिव भूसालले पदाधिकारी चयनबारे छलफल थालेका छन् । तर पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरोको गठन कसरी गर्ने भन्ने निर्णय एकीकृत समाजवादीमा भएको छैन । त्यसैले प्रदेशका पदाधिकारीहरुसँग पदाधिकारीको चयन प्रक्रियाबारे छलफल सुरु भएको छ ।

सर्वसम्मत पदाधिकारी टुंग्याउनेमा सहमत हुन खनालले केन्द्रीय सदस्यहरुसँग आग्रहसमेत गरेका थिए । यदि सर्वसम्मत नभए केन्द्रीय सदस्यहरुको मतबाट एकीकृत समाजवादीमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो चयन हुनेछ । तर मतदान वा सर्वसम्मतिको पद्धति अपनाउने भन्नेबारे नेतृत्वले नेताहरुकै राय लिने प्रक्रिया अगाडि बढाएको छ ।

अध्यक्ष, सम्मानित नेता र महासचिव चयन भएकाले अब एकीकृत समाजवादीमा १८ पदाधिकारी चयन हुन बाँकी छ । जसमा वरिष्ठ उपाध्यक्ष सहित ७ उपाध्यक्ष, चार उपमहासचिव र ७ सचिव चयन गर्नुपर्नेछ । तर पदाधिकारीको आकांक्षीको संख्या धेरै देखिएपछि कसरी टुंग्याउने भन्ने अन्योल भएको छ । सोमबार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक स्थगित भएका कारण शीर्ष नेताहरुले पदाधिकारीको विषयमा टुंग्याउने एक केन्द्रिय सदस्यले बताए ।

बैठक उद्घाटनकै क्रममा सम्मानित नेता खनालले पदाधिकारी चयन मतदानबाट गर्न नहुने राय राखेका थिए । केन्द्रीय समिति सर्वसम्मतिबाट चयन भएकाले पदाधिकारीमा पनि मतदान गर्न नहुने उनको तर्क थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...