संसदमा प्रधानमन्त्री ओलीलाई १२ जनाको १२ थरी प्रश्न, उत्तर पनि त्यस्तै (पूणपाठसहित)

Kp sharma oli

काठमाडौं । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले करिव साढे दुई घण्टा प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर सांसदहरुको प्रश्न सुनेर उत्तर दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई राप्रपा सांसद ध्रुवबहादुर प्रधानबाहेक १२ जनाले प्रश्न गरेका थिए । प्रत्येक प्रश्नको एकरएक गरी जवाफ दिएका ओलीले अन्तिममा भने कार्यक्रममाथि नै प्रश्न उठाए । प्रश्न गर्नेले प्रश्न जस्तो नगरेको र जवाफ जस्तो जवाफ दिनै नपाएको प्रधानमन्त्रीको गुनासो थियो । ‘‘यत्रो समय प्रश्नोत्तर, आधा समय प्रश्नकर्ताको आधा समय जवाफकर्ताको । कति वटाको त प्रश्नै छैन । म आग्रह गर्न चाहन्छु– प्रश्न, प्रश्न नै गरौं र जवाफ जवाफकै रुपमा दिन पाइयोस्’ प्रधानमन्त्री ओलीले भने ।

संविधानतः प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्छ । तर अप्ठ्यारो परेका बेला संसद छल्ने प्रवृत्ति देखिएपछि पछिल्लो पटक प्रतिनिधि सभा नियमावलीमै हरेक महिना ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ गर्ने कार्यक्रम राखिएको छ ।

ओलीले झापा जिल्लाको दमकमा निर्माण भएको भ्यू टावरका सन्दर्भमा गरिएको नकारात्मक प्रचार यथार्थतामा आधारित नरहेको दाबी गरेका छन् । उनले भ्यू टावरका सन्दर्भमा ‘बालुवामा पानी हालियो’ भन्ने खालको प्रचारमा यथार्थता नरहेको दाबी गरे । दमक वरपरका गतिविधिलाई सहयोग पुर्‍याउने उद्देश्यले बिजनेस कम्प्लेक्सको रूपमा भवनको परिकल्पना गरिएको उनले बताए ।

ओलीको निर्वाचन क्षेत्र झापाको दमक नगरपालिका वडा न।३ मा करिब ५ बिगहा क्षेत्रफलमा १ अर्ब ७९ करोड ४८ लाख लागतमा भ्यू टावरको निर्माण गरिएको छ । निर्माण सम्पन्न भएरपनि उक्त टावर अझै प्रयोगविहीन रहेकाले त्यसको आलोचना हुँदै आएको छ ।

ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको बताए । सांसद डा. नारायण खड्काको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउनमा राजस्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको उल्लेख गरे ।

घरजग्गा कारोबार क्रमशः वृद्धि हुँदै गएको र पुँजी बजारमा उल्लेखनीय सुधार आएको उल्लेख गर्दै प्रधानमन्त्रीले निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको बताए। राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिका कारण यो सकारात्मक संकेत देखिएको उनको भनाइ थियो ।

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...