वाम एकता गर्ने मोडमा माओवादी अध्यक्ष प्रचण्ड, बैठकमै राखे यस्तो प्रस्ताव

Mao standing comittee meeting

काठमाडौं । सत्ताबाट बहिर्गमनमा परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चालाई व्यूँत्याए । अहिले फेरि बृहत वाम एकताका लागि पहल गर्ने प्रस्ताव पार्टी स्थायी समिति बैठकमा राखेका छन् ।

पार्टी कार्यालय, पेरिसडाँडामा शनिबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चासँगै बृहत वाम एकताका लागि पहल गर्ने प्रस्ताव गरेका हुन् । जनता बृहत वाम एकता र कम्युनिस्ट पार्टी पुनर्गठनको पक्षमा रहेको भन्दै प्रवत्ता अग्नि सापकोटाले भने, ‘एकपल्ट बिग्रियो भनेर सधैंका लागि बिग्रिन होइन । बृहत वामपन्थी एकता गर्दै अगाडि बढ्दा, अरु पार्टीहरु आउँदै गर्दा खासखास नेताहरु अहिले कम्युनिस्ट पार्टीको पुनर्गठन नचाहे पनि अन्तिममा अनिवार्य छ ।’

शनिबार पार्टीका स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले माधवकुमार नेपाल, नेत्रविक्रम चन्द, गंगानारायण श्रेष्ठ, महेन्द्र राय यादव लगायतसँग कुरा चलेको बताउँदै प्रगतिशिल मोर्चा बनाउन जोड दिनुपर्ने बताए । त्यसअघि पार्टीमा शुद्धीकरण अभियान चलाउने र एकताबद्ध बनाउने प्रचण्डले बताएका छन् ।

पार्टीको आठौं महाधिवेशनले गरेको विचारको संश्लेषण गर्दै नयाँ ढंगले बहस गर्नुपर्ने उनले बताए । पार्टीमा शुद्धीकरण अभियान चलाउने, नयाँ कार्यक्रमसहित जनतामा जाने प्रचण्डको जोड छ । उनको प्रस्तावमाथि बोल्ने नेताहरुले पनि शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले बताए । उनले अगाडि भने, ‘अलिकति प्रदूषित भएको सबैले स्वीकार गरेका छन् ।’

आजको बैठकमा पनि प्रचण्डले वैचारिक, राजनीतिक, सांगठनिक परिस्थितिबारे पनि चर्चा गरेका थिए । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, सचिव गणेश साह, स्थायी समिति सदस्यहरू पर्शुराम तामाङ, सुरेन्द्र कुमार कार्की, गणेशमान पुन, अग्नि सापकोटा, कुलप्रसाद केसी, देवेन्द्र पौडेल, अमृता थापा मगर, चक्रपाणी खनाल लगायतले भनाइ राखेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...