दुई पटक मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति कमलबहादुर शाहको हातमा सुदूरपश्चिम प्रदेश

Kamal shaha sudur

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम शाहलाई प्रदेश प्रमुख नजिर मियाँले आइतबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेकपा एमालेको समर्थनमा कांग्रेसका शाहले शुक्रबार बिहान मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । २०७९ माघ २६ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा नेपाली कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

माओवादी केन्द्रले फेरि एमालेसंग सहकार्य गरेपछि शाह नेतृत्वको सरकार १४ महिनामा ढलेको थियो । २०८० साल २२ चैतमा राजीनामा दिएका शाहले ४ महिनामै फेरि सत्ताको नेतृत्व गर्ने मौका पाएका हुन् । सुदूरपश्चिमको इतिहास दुई पटक मुख्यमन्त्री बन्ने उनी पहिलो व्यक्ति बनेका छन् । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाह समग्रमा सुदूरपश्चिमका पाचौं मुख्यमन्त्री हुन् ।

प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्ष नै माओवादी केन्द्रका त्रिलोचन भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री भए । नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि शुक्रबार प्रदेश प्रमुख मियाँले सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आइतबार बेलुकी ५ बजेसम्मको समय दिएका थिए ।

नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावल नेतृत्वको सरकार विश्वासको मत नपाएर २९ दिनमै ढलेपछि संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाहले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने मौका पाए ।

२०७९ को आम चुनावपछि प्रदेशसभामा पहिले एमालेका राजेन्द्र रावल, त्यसपछि कांग्रेसका कमलबहादुर शाह र उनीपछि एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बने । १७ असारमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि सुदूरपश्चिमको नेतृत्व नेपाली कांग्रेसले गर्ने समझदारी बनेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...