एकीकृत समाजवादीको असार २० मा महाधिवेसन, बल्ल टुंगियो केन्द्रीय समिति (नामावालीसहित)

Cpn us

काठमाडौं । मावधकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी टुंग्याएको छ ।

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालले केन्द्रीय सदस्यहरुको नामावली टुंग्याएका हुन् । १६ साउनमा बसेको केन्द्रीय कमिटीले प्रस्तावित नामहरु टुंग्याउने जिम्मा तीन नेतालाई दिएको थियो ।

यसअघि एकीकृत समाजवादीले केन्द्रीय समिति २१ पदाधिकारीसहित २ सय ९९ सदस्यमा सीमित गर्ने भनेको थियो । तर, दाबेदार धेरै भएपछि नेता(कार्यकर्ताको व्यवस्थापनका लागि संख्या बढाएर ३ सय ४४ बनाएको हो ।

‘प्रस्तावित नामहरुलाई तीन नेता बसेर टुंग्याउनुभएको छ’ प्रवक्ता जगनाथ खतिवडाले भने, ‘केन्द्रीय सदस्यहरुको नामावली टुंग्याउँदा कमिटीलाई पनि पूर्णता दिइएको छ ।’ अध्यक्ष नेपाल सहित तीन नेताले ३४४ जना केन्द्रीय सदस्यहरुको नाम टुंग्याएका हुन् ।

एकीकृत समाजवादीको विधानमा भने २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ । प्रवक्ता खतिवडाका अनुसार पछि मनोनीत गरिने संख्यालाई समेत एकैपटक टुंग्याइएको हो । असार १६ देखि २० गतेसम्म चलेको महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको थियो । त्यतिखेर महाधिवेशनको हलमा साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षहरू राखेर ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको थियो ।

यो दल नेकपा एमालेबाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको हो । २०७८ भदौ ९ गते निर्वाचन आयोगले दर्ता प्रमाणपत्र दिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुर्य थापाको रविमाथि व्यङ्ग्य- कलाबिहीन नयाँ नाटक ‘प्रतिशोध’ सुपरफ्लप

Surya rabi

काठमाडौँ । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिका सभापति सूर्य थापाले र...