लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त, जिल्लिए गिरी

Chetnarayan achrya lumbini

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेशसभा संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले उनलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदहरूको हस्ताक्षरसहित आजै आचार्यले मुख्यमन्त्री दाबी पेस गरेका थिए । प्रदेश प्रमुख शेरचनले संविधानको धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई नियुक्त गरेको जानकारी गराएका छन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलको इच्छाअनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त भएका हुन् । कांग्रेससँगको सहमतिअनुसार लुम्बिनीमा एमाले दलका उपनेता आचार्य मुख्यमन्त्री भएका हुन् ।

यसअघि छोटो समय मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न सांसदहरूको हस्ताक्षर पनि जुटाइसकेका थिए । उनले आइतबार नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेको अवस्थामा सोमबार एकाएक परिस्थिति बदलिएको थियो ।

एमाले महासचिव पोखरेलले सोमबार बिहान फोन गरेर लुम्बिनीमा लिलाको साटो दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएका थिए । मुख्यमन्त्रीका लागि दाबी पेश गर्न तम्तयार गिरी महासचिव पोखरेलको फोनका कारण जिल्लिए ।

यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै थियो । तर, अन्तिम अवस्थामा पार्टी केन्द्रबाट आचार्यलाई मुख्यमन्त्री बनाउने निर्देशन गएको थियो । सोही अनुसार आचार्यले मुख्यमन्त्री दाबी गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...