ओली नेतृत्वको सरकारले देशलाई पश्चगमतिर धकेल्ने समाजवादी मोर्चाको निष्कर्ष

Samajbadi morcha

काठमाडौं । समाजवादी मोर्चाले कांग्रेस(एमाले गठबन्धनले देशलाई पश्चगमनतिर धकेलेको निष्कर्ष निकालेको छ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा मंगलबार बसेको मोर्चाको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायत सहभागी थिए ।

संविधान संशोधनको एजेण्डासहित कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई पश्चगमतिर धकेल्ने निष्कर्ष मोर्चाको छ ।

बैठकमा प्रचण्डले ओलीले आफूलाई वाम एकताको सपना देखाएर ठूलो धोका दिएको भन्दै अब भ्रममा नपर्ने बताए । ‘बरु मै प्रधानमन्त्री बन्छु, तपाईं छाड्नुस् भनेको भए पनि मैले मान्दिन्थें, तर ओलीले किन यसरी धोका दिनुभयो ?’, प्रचण्डको भनाइ उद्धृत गर्दै मोर्चाको बैठकमा सहभागी एक नेताले सुनाए, ‘संविधानलाई सही ट्र्याकमा राख्ने नियत छैन, उहाँहरु मिलेर परिवर्तनविरुद्ध जालसाजी गर्ने खतरा छ, हामी जनतामा यो कुरा लगेर जाउँ ।’

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रचण्डले सत्तामा हुँदा समाजवादी मोर्चालाई उति चासो नदिएको भन्दै आलोचना गरे । आफ्नो पार्टी मूख्यालयमा आइपुगेका प्रचण्डसहित अरु नेतालाई नेपालले भने, ‘कांग्रेस–एमालेले लोकतन्त्र र सुशासनमाथि समेत चुनौती दिन सक्छन्, सरकारमात्रै बदलिएको होइन, यसको पछाडि धेरै खेलहरु भएका हुन सक्छन् ।’

नेपाल कम्युनिष्ट पार्टीका नेता विश्वकर्माले नेपालको राष्ट्रिय राजनीतिमा हालै भएको घटना, माजवादी मोर्चाको विगतको काम कारबाही र समग्र देशको स्थितिको बारेमा समीक्षा भएको जानकारी दिए । उनले नयाँ राजनीतिक घटनाक्रमले प्रगतिशिल यात्रातिर अघि बढिराखेको देशलाई यथास्थिति र पश्चगमन एवं विगतको आन्दोलन र उपलब्धिलाई चुनौति दिनेतिर उद्यत रहेको निस्कर्ष निकालेको पनि बताए ।

बैठकले समीक्षात्मक प्रतिवेदन लेखनका लागि चार सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा देव गुरुङ, खडगबहादुर विश्वकर्मा, प्रवेश हमाल र गंगानारायण श्रेष्ठ रहेका छन् । कार्यदलले तयार पारेको प्रतिवेदन आगामी बैठकमा पेस गरिने नेता प्रकाण्डले बताए ।

ुसमीक्षात्मक प्रतिवेदनकै आधारमा आगामी रणनीति तयार गर्ने योजना मोर्चाको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहन विक्रम सिंहको मसाल लगायतलाई पनि मोर्चामा आबद्ध गराउन पहल गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...