आज एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त हुँदै, आजै सानो मन्त्रिमण्डल बन्ने

Kp oli

काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति सूचना जारी भएलगत्तै दुई दलले ओलीलाई उक्त पदमा नियुक्त गर्न दाबी पेस गरेका हुन् । चौथो पटक प्रधानमन्त्री हुन लागेका अध्यक्ष ओलीलाई राष्ट्रपति पौडेलले आइतबार नियुक्त गरे लगत्तै शपथ हुने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भइसकेको छ ।

प्रधानमन्त्रीले विश्वासको मत गुमाए लगत्तै शुक्रबार साँझा राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गरे लगत्तै नेपाली कांग्रेस र एमालेले ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष प्रस्ताव पेश गरिसकेका छन् ।

असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्‍न ५ बजेसम्मको समय दिएका छन् । ओली बाहेक अन्य कुनै पनि दलले प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्ने सम्भावना नभएकाले आज नै ओली प्रधानमन्त्री नियुक्त हुने नेताहरुको दाबी छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्तिपछि सोमबारभित्र पद तथा गोपनीयताको शपथ लिने तयारी छ । पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन् । एमाले अध्यक्ष ओली यसअघि २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन् ।

कांग्रेसले मन्त्री चयन गर्दा प्रादेशिक सन्तुलन र समावेशिताका आधारमा सरकारमा सहभागी हुने मन्त्रीको छनोट गर्ने निर्णय गरिसकेको छ। कांग्रेस सभापति देउवा नेता प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा मन्त्री पठाउने तयारीमा छन् । एमालेबाट अन्य मन्त्रीको टुंगो नलागे पनि अध्यक्ष ओलीले विष्णुप्रसाद पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरेका छन् ।

सरकारमा एमालेले प्रधानमन्त्रीसहित आठ र कांग्रेसले गृहमन्त्रीसहित ९ मन्त्रालय पाउने सहमति कांग्रेस र एमालेले गरेका छन् । २१ मन्त्रालयमध्ये अन्य केही मन्त्रालय साना दललाई दिने सहमति एमाले र कांग्रेसले गरेका छन् । मन्त्रीको टुंगो भने दुवै दलले लगाइसकेका छैनन् । बालकोट र बुढानिलकण्ठमा मन्त्रि छनोटका लागि छलफल र वार्ता जारी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...