धारा २ मै टेकेर ओलीको प्रधानमन्त्रीमा दावी पेश, कांग्रेसको समर्थन

Oli deuwa

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड सरकारले विश्वासको मत गुमाएको पाँच घण्टा नबित्दै नेकपा एमालेका अध्‍यक्ष केशी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए । शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथमा लिएर राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । संख्या उल्लेख नगरी संसदीय दलको नेताको रुपमा देउवा र ओलीले राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका हुन् । कांग्रेसका ८८ र एमालेका ७७ जना सांसद छन् ।

रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकारका लागि आगामी आइतबार साँझसम्मको समयसीमा दिएका थिए । तर, ओली राष्ट्रपतिबाट नयाँ सरकार गठनको आह्वान हुनासाथ बहुमत सांसदको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय पुगेका हुन् ।

र यो पनि ....

राष्ट्रपतिद्धारा नयाँ सरकार गठनका लागि ७२ घण्टाको समय

प्रचण्ड भन्छन्, ओलीले स्वर्ग र नर्क सँगै जाने भनेर नमिठो धोका दिए

प्रतिकृया दिनुहोस

साताको लोकपृय

शौचालयमा लडेर युवकको मृत्यु

Dead

मकवानपुर । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान...