समाजवादी मोर्चा व्यूत्याँउने प्रयास गरिँदै, नयाँ दल पनि थपिने

Samajbadi morcha

काठमाडौं । सत्ता गठबन्धन परिवर्तन हुने पक्कापक्की भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको पुनर्गठनबारे छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेकपा सहितका दलका शिर्ष नेताहरुको बैठकले समाजवादी मोर्चालाई पुनर्गठन गर्ने बारेमा छलफल भएको छ ।

सत्ताबाट बाहिरिने निश्चित भएर प्रतिपक्षमा बस्नुपर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई सक्रिय बनाउन लागेका हुन् । यसअघि जसपा बिभाजन भएदेखि नै समाजवादी मोर्चा निष्क्रिय जस्तै थियो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सहभागी थिए । उपेन्द्र यादव बाहिरिए पनि अहिले महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी मिसिएको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार आज पुनर्गठनको लागि प्रारम्भिक छलफल भएको र नेताहरुले थप गृहकार्य गरेर अर्को बैठक बस्दा पुनर्गठन हुनेछ । ‘आजको मोर्चाको बैठकमा विकसित राजनीतिक घटनाक्रमको बारेमा प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभयो । त्यसपछि अन्य नेताहरूले पनि धारणा राख्नुभयो । त्यसपछि मोर्चाको पुनर्गठनबारे प्रारम्भिक छलफल भनिएको छ, अर्को मिटिङसम्म टुंगो लाग्छ’, मल्लले भने ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...