एकीकृत समाजवादीको दशौं महाधिवेसन, ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

१० दिनभित्र बाँकी कमिटी घोषणा गरिने

Unified socialist convention

काठमाडौं । एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ ।

तत्काललाई पहिलेका पोलिटब्यूरो सदस्यलाई केन्द्रीय कमिटीमा राखिएको छ । बाँकी केन्द्रीय सदस्य यो कमिटीले चयन गर्ने अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले जानकारी गराए ।

प्रज्ञा भवनमा चलिरहेको दशौं राष्ट्रिय महाधिवेशनको अन्तिम दिन शुक्रबार अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । हलमा उपस्थितहरूले विरोध गरे । खनालले दिउँसो ३ बजेसम्म प्रज्ञा भवन छाड्नुपर्ने बाध्यता रहेको सुनाएका थिए ।

मतदान गर्ने हो भने अर्को ठाउँ खोज्नुपर्ने र कति समय लाग्ने हो भन्न नसकिने बताए । त्यसपछि महाधिवेशन हलले उनको प्रस्ताव पास गरेको छ । यही कमिटीले बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउने गरी महाधिवेशन समापन गरिँदै छ ।

विहीबार मात्र अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल रहने सहमति गरी हलबाट अनुमोदन गराइएको थियो । उनीहरू यसअघि पनि तिनै पदमा थिए ।

२९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बताएको छ । ९३ जना केन्द्रीय सदस्यहरुले भने पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

Prachanda in praliament

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय ...