अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

Prachanda in praliament

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री दाहालले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग उठिरहेको छ । तर प्रधानमन्त्री दाहालले भने संविधानको व्यवस्थाबमोजिम विश्वासको मत लिने तयारी अघि बढाएका हुन् ।

एमालेले बुधबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले ८ जना मन्त्रीहरुले राजीनामा दिएका थिए । गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउँदै सरकार गठन र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो ।

एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । अव प्रचण्ड नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने छन् । तर यो सरकारलाई विश्वासको मत पुग्ने छैन । यस्तो अवस्थामा धारा ३ कमोजिम ठूलो दलको हैसियतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

Prachanda in praliament

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय ...