एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुषाल सर्वसम्मत, बाँकी शुक्रबार छानिने

Ekikrit samajbadi

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौँ महाधिवेशनबाट माधवकुमार नेपाल र घनश्याम भुसाल सर्वसम्मत अध्यक्ष र महासचिव बनेका छन् ।
झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो । अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।

व्यवहारतःपहिलो भए पनि एकीकृत समाजवादीले नेकपा एमालेको लिगेसी आफूसँगै रहेको बताउँदै यो महाधिवेशनलाई १० औं भनेको छ । समाजवादीले दशौँ भनेको महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष भएपछि नेपाललले एमालेबाट गरिएको विद्रोहको औचित्य पुष्टि गर्न आफू दोहोरिएको दाबी गरेका छन् ।

‘विद्रोहको औचित्य पुष्टि गर्न आममहाधिवेशन प्रतिनिधिले मलाई पुनस् अध्यक्षको जिम्मेवारीमा दिनुभएको छ । अब पार्टी थप सशक्त र प्रभावकारी बनाएर अगाडि जाने मेरो मूल उद्देश्य छ । हामी अरु निर्णय पनि सर्वसम्मत गर्ने प्रयासमा छौँ’ नेपालले भने, ‘गुट जन्माउँदैन, हामी सबै साथीभाइलाई मिलाएर लान्छौँ । पार्टी अझै सशक्त भएर आउँछ । अरु निर्णयमा पनि सर्वसम्मत कोसिस हुनेछ ।’

असार १६ गतेदेखि सुरू भएको पार्टीको १०औं महाधिवेशन भोली सकिँदैछ । ५ दिनदेखि जारी महाधिवेशनले मुख्य तीन पदको छिनोफानो गरे पनि बाँकी पदाधिकारी र केन्द्रीय सदस्य छान्न भने सकेको छैन । भोलिसम्म सहमतिकै आधारमा पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्नेगरी नेतृत्वपंक्ति छलफलमा रहेको नेताहरूको भनाइ छ ।

एकीकृत समाजवादीले १०औं महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । एक हजार आठ सय ४९ प्रतिनिधि सहभागी भएको महाधिवेशनमा विभिन्न प्रतिवेदनहरू पनि पेस भएको थियो । प्रतिवेदनमाथि १२ समूह बनाएर छलफल गरिएको थियो । केन्द्रीय कमिटी चयन भएपछि महाधिवेशनको घोषणा पत्र सार्वजनिक गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

Prachanda in praliament

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय ...