४ महिनामै सरकारबाट बाहिरियो एमाले, ८ जना मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

Uml mminister

काठमाडौं । सत्ता साझेदर दल नेकपा एमाले अन्ततः सरकारबाट बाहिरिएको छ ।

चार महिनाअघि कांग्रेसलाई बिपक्षमा धकेलेर प्रमुख सत्ता साझेदारका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको एमाले अहिले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीसहित सरकारबाट बाहिरिएको छ । नेकपा एमालेका सबैमन्त्रीहरूले राजीनामा बुझाएसँगै सरकारबाट बाहिरिएको हो ।

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेबाट उपप्रधानसहित ८ जना मन्त्री बनेका थिए । जसमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेती छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच वर्तमान सत्ता समीकरण भत्काएर नयाँ सरकार बनाउने सहमति भएको छ । उक्त सहमति भएसँगै प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न नेकपा एमालेले बुधबार साझसम्मको समयसीमा दिएको थियो । प्रधानमन्त्रीले राजीनामा नदिएपछि बुधबार बेलुकी एमालेका ८ जानै मन्त्रीहरू बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री राजीनामा दिन तयार नभएपछि एमाले मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउने निचोडमा पुगेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएपछि पार्टीबाट मन्त्रीहरुलाई बुधबार साँझ बालकोटस्थित निवासमा बोलाएर राजीनामा दिन भनेका थिए । लगत्तै मन्त्रीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।

एमालेको मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको थियो । सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको छ । एमाले– कांग्रेस सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित छ । दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने गरी सहमति जुटिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

Prachanda in praliament

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय ...