एकीकृत समाजवादीको १० औं महाधिवेशन शुरु, उदघाटनमा आएनन् एमाले अध्यक्ष ओली

देशभरबाट १८४७ महाधिवेशन प्रतिनिधि सहभागी

Cpn us adhibesahn

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन शुरु भएको छ । एकीकृत समाजवादीको महाधिवेशन आगामी २० गतेसम्म चल्नेछ ।

सो महाधिवेनको काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरे । महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपा अध्यक्ष अशोक राई लगायत उपस्थित भए । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन् ।

महासचिव घनश्याम भुसालका अनुसार पार्टीमा देशभरबाट १८४७ महाधिवेशन प्रतिनिधि सहभागी छन् । यसमा जनवर्गीय सङ्गठन र विभिन्न संघ/संस्था प्रतिनिधि पनि छन् ।

उद्घाटन सत्रमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले माधव नेपालको प्रशंसा गरेका छन् । संविधान र लोकतन्त्र रक्षामा नेपाल नायक भएको उनीहरूको तर्क छ ।

‘जतिबेला पञ्चायतविरोधी आन्दोलन चल्दै थियो । त्यहीबेला माधव नेपाल र मबीच अन्तरक्रिया भयो । हामीले लोकतन्त्र रक्षाका निम्ति हामीले खेलेको सामूहिक भूमिका पनि यहाँहरूलाई थाहा छ’, उनले भने, ‘अहिले हामी सँगै छौँ। विचार र सङ्गठनात्मक कार्यदिशाको आधारमा वामपन्थी एकताको पहल गर्नुपर्नेछ।’

उनले समाजवादीको यो महाधिवेशनले सङ्गठन सुदृढ गर्न सही कार्यदिशाको विकास गर्ने विश्वास जनाए । ‘कम्युनिस्ट र वामपन्थी एकताका निम्ति सही पहलकदमीको निर्णय यो महाधिवेशनले गर्नेछ’, उनले भने, ‘कम्युनिस्टहरूले पनि निराशावादको पक्ष पोषण र प्रचार गरेको देख्दै छौँ । यसलाई यो महाधिवेशनले चिरेर लान्छ भन्ने विश्वास छ ।’

कांग्रेस सभापति देउवाले राजनीतिक रक्षाका लागि नेपालले महत्त्वपूर्ण भूमिका खेलेको बताए । ‘प्रतिनिधिसभा विघटन हुँदा होस्, या अन्य मुद्दामा यो पार्टीले अहिलेको राजनीतिको रक्षाका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ । जसमा माधवले नेपालजीको प्रमुख पहलकदमी छ ।’

महाधिवेशनमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने सम्भावना छ । दुवै नेताहरूले आफूलाई अध्यक्षको दाबेदारका रुपमा प्रस्तुत गरिसकेका छन् । उनीहरुले नेतृत्व लिने योजनासहित पार्टी विधानबाट ७० वर्षे उमेर हदको व्यवस्था पनि हटाइसकेका छन् ।

यी शीर्ष दुई नेताबीचको तानातानले पार्टीमा तनाव बढिरहेका बेला दोस्रो तहका नेताहरु भने विकल्पको खोजीमा लागेका छन् । दुई शीर्ष नेताबीच टकराव बढ्दै जाँदा दोस्रो पुस्ताका नेताहरुले महासचिव घनश्याम भुसाललाई अघि सार्न थालेका छन् । यदि दुई जना सहमतिमा नआएमा दोस्रो पुस्ताले भुसाललाई अध्यक्षका रुपमा अघि सार्न अहिलेदेखि नै तयारी थालेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन पूर्व अध्यक्षहरु सहमत, सहजीकरण गर्ने

Former fnj president meeting

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चित बनेको बेला पाँच जना पूर्वअध्यक्षहरुले विवाद ट...