कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ, २ जना मन्त्री नियुक्त

Hikmat karki safat

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

कार्कीलाई बिहीबार दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए । कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् । नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री बनेका हुन् । उनीहरू विना विभागिय मन्त्री नियुक्त भएका हुन् ।

मन्त्री मगर यसअघि कोशी प्रदेशको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्नुभएको थियो भने उप्रेतीले निवर्तमान मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने समय गुजारेका कारण बुधबार राति प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

लगत्तै बिहीबार बिहान साढे ११ बजे एमाले नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न ५२ जना सांसदहरूको हस्ताक्षरसहित दाबी पेस भएपछि प्रदेश प्रमुख खापुङले हस्ताक्षर सनाखत गर्न बोलाएका थिए । हस्ताक्षर सनाखतबाट स्पष्ट बहुमत पुष्टि भएपछि कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको सिधुँवामा नवसाक्षरता कार्यक्रम प्रभावकारी बन्दै, अक्षर चिन्न छेकेन बुढ्यौलीले

Sidhuwa proaudh sikshya

धनकुटा । पढ्नलाई न उमेरले छेक्छ, न परिस्थितीले नै । अहिले धनकुटा छथरजोरपाटी गाउँपालिकाको सिधुवामा...