उग्र बन्न थाल्यो बालाजुमा मजदुरको आन्दोलन, प्रदर्शनकारीले जलाए प्रहरीको अस्थायी बिट

Police beat agjani

काठमाडौं । यातायात मजदुरको आन्दोलन उग्र बन्न थालेको छ । केही बेरअघि मात्रै प्रहरीको भ्यान जलाएका यातायात मजदुरहरुले माछापोखरीको रहेको अस्थायी प्रहरी बिट पनि जलाएका छन् ।

दिउँसो १ बजेदेखि नै यस क्षेत्रमा आन्दोलन थालेका मजदुरहरुले केहीबेर अघि प्रहरीका दुई वटा भ्यान जलाएका थिए । प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ पछिल्लो समय ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध आन्दोलनरत छन् ।

सोमबार बालाजु, माछापोखरी, गोंगबु र सामाखुसी चोकमा उनीहरुको सडक अवद्ध गरेका थिए । उनीहरुले मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक सवारी बन्दको घोषणा पनि गरेका छन् ।

आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् । प्रहरी घटनास्थलमा पुगेर केही सेल अश्रुग्याँस प्रहरीले आन्दोलकारीमाथि चलाएको छ । जवाफमा प्रर्दशनकारीहरुले प्रहरीमाथी ढुंगामुढा गरेका छन् ।

 

यातायात मजदूरले जलाए प्रहरीका २ वटा भ्यान, प्रहरीद्धारा अश्रुग्यास प्रहार

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...