यातायात मजदूरले जलाए प्रहरीका २ वटा भ्यान, प्रहरीद्धारा अश्रुग्यास प्रहार

Balaju police van jalyo

काठमाडौं । ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको २ वटा भ्यानमा आगजनी गरेका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन कैयन सेल अश्रुग्याँस प्रहार गरेको छ ।

अन्दोलनकारीहरुले मुल सडकमै प्रहरीको एउटा गाडी जलाएका छन् भने अर्को एउटा गाडी तोडफोड गरेर सडकमै लडाइदिएका छन् । प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन् ।

काठमाडौँ महानगरपालिका समेतको समन्वयमा बालाजु, माछा पोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधनलाई नयाँ बसपार्कमा लगेर मात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् ।

यातायात व्यवसायी तथा मजदुरहरूले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गर्दा भएको दोहरो झडप उग्र बन्दै गएको हो । यातायात मजदुरहरूले बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन्। यातायात मजदुरहरूले ट्राफिक नियमविरुद्ध प्रदर्शन गरेका हुन् ।

बीच सडकमा सवारी साधन तेर्साएर बालाजु चोकमा मजदुरहरू प्रदर्शनमा उत्रिएका छन् । जसका कारण यातायात सेवा नै अवरुद्ध बनेको हो । ट्राफिक नियम मजदुरमैत्री नभएको भन्दै बालाजु चोकदेखि माछापोखरीसम्म सडक अवरुद्ध भएको हो । ट्राफिकले मनपरी चिट काटेको मजदुरहरूको गुनासो छ ।

उनीहरूले गौशाला, चक्रपथ लगायतका स्थानमा सडकमै गाडी तेर्साएर ट्राफिकले मनपरी गरेको भन्दै प्रदर्शन गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...