पुष्पा न्यौपाने मृत्यु प्रकरण : इन्गेजमेन्ट रद्द गर्ने सुधन संग्रौला जेल चलान

Pushpa neupane

काठमाडौं । पुष्पा न्यौपाने मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दामा जेल चलान सुधन संग्रौला जेल चलान भएका छन् । बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले आत्मदाह गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले सुधन संग्रौलालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि न्यौपानले संग्रौलाको धुम्बाराहीस्थित घरअगाडि पुगेर आत्मदाह गरेकी थिइन् । उक्त प्रकरणमा पुष्पाका आफन्त उत्तम न्यौपानेले सुधनविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

उक्त जाहेरीअनुसार प्रहरीले अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयले सुधनविरुद्ध यही पुस १३ गते काठमाडौं जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको सुनुवाइ सकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद पराजुलीले सुधनलाई पुर्पक्षका लागि जेल चलान गर्न बिहीबार आदेश दिएका हुन् ।

न्यायाधीश पराजुलीले मुद्दाको अन्तिम किनारा नलागेसम्म संग्रौलालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् । मुलुकी अपराधसंहिता अनुसार आत्महत्या दुरुत्साहन कसुरमा दोषी ठहर भएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ ।

झापा घर भएका सुधन र नुवाकोट घर भइ नयाँ बानेश्वरमा बस्दै आएकी पुष्पाबीच विवाह गर्न टीकाटालो भएको थियो । तर गत मंसिर १७ गते सुधनको परिवारले एकतर्फी इन्गेजमेन्ट तोडेका थिए। त्यसको भोलिपल्ट साँझ पुष्पाले धुम्बाराहीस्थित सुधनको घर अगाडि पेट्रोल खन्याएर आत्मदाह गरेकी थिइन् ।

प्रहरीले उनलाई तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको थियो । त्यहाँ उपचार हुन नसकेपछि पुष्पालाई कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो। तर मंसिर १९ गते बिहान पुष्पाको मृत्यु भयो ।

उनीहरु दुवैजना केही समयदेखि प्रेम सम्बन्धमा थिए । पुष्पा र सुधनबीच परिवारकै सहमतिमा इन्गेजमेन्ट भएको थियो । तर सम्बन्धमा समस्या आएपछि सुधनको परिवारले इन्गेजमेन्ट रद्द गरेका थिए ।

परिवारकै सहमतिमा इन्गेजमेन्ट रद्द गरिए पनि आइतबार साँझ पुष्पाले सुदनको घरमा पुगेर आत्मदाह गरेकी थिइन् । पुष्पाका परिवारले सुधनसहित उनको परिवारका ४ जनाविरुद्ध किटानी जाहेर दिएका थिए। त्यसलगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । तर अदालतले सुधनविरुद्ध मात्रै म्याद लिएको थियो । जिल्ला अदालतले पनि उनलाई मात्रै पुर्पक्षका लागि जेल चलानको आदेश बिहीबार दिएको हो ।

र, यो पनि...

जब इंगेजमेन्ट तोडियो, अनि २७ वर्षीय पुष्पा न्यौपानेले आफ्नै शरिरमा छर्किइन् पेट्रोल

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...