जब इंगेजमेन्ट तोडियो, अनि २७ वर्षीय पुष्पा न्यौपानेले आफ्नै शरिरमा छर्किइन् पेट्रोल
काठमाडौं । विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि २७ वर्षीय पुष्पा न्यौपानेले आफ्नै शरिरमा आगो लगाएर आत्मदाह गरेकी छन् ।
विवाहका लागि भएको इंगेजमेन्ट तोडिएपछि आइतबार साँझ धुम्बाराही पीपलबोटस्थित केटाको घरनजिकै पेट्रोल छर्केर आफैंलाई आगो लगाएकी काठमाडौं बुद्धनगर बस्ने नुवाकोटकी २७ वर्षीया न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको थियो । त्यहाँ उपचार हुन नसकेपछि पुष्पालाई कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो । सोमबार बिहान पुष्पाको मृत्यु भएको हो ।
केही समयदेखि प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराही बस्ने सुधन संग्रौलाबीच परिवारकै सहमतिमा भदौ १८ मा टीकाटालो भएको थियो । यही बीचमा उनीहरुको सम्बन्धमा दरार आएपछि गत शनिबार टीकाटालो रद्द गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । पुष्पाको जन्मदिनकै दिन इंगेजमेन्ट भए पनि विवाहको मिति तय भइसकेको थिएन ।
तर, विवाहअघि घुमाउने, परिवारसँग बसेर रमाइलो गर्ने, एकअर्काप्रति माया गर्ने गरेका सुदनले इंगेजमेन्टपछि क्रमशः पुष्पालाई पटक–पटक मानसिक यातना दिएको र त्यसकै पीडा सहन नसकेर मार्न बाध्य पारेको मृतकका परिवारको आरोप छ ।
काका उत्तम न्यौपानेका अनुसार शनिबार मात्रै विवाह नगर्ने गरी इंगेजमेन्ट तोड्न सुदन, उनका बाबु दिनेश र आमा विन्दु संग्रौला पुष्पाको परिवारलाई भेट्न पुगेका थिए । त्यसपछि इंगेजमेन्ट गर्दा आदानप्रदान गरिएका गरगहना र जनैसुपारी फिर्ता लिएर केटा पक्ष निस्किएको थियो ।
आइतबार जल्दाजल्दै आगो निभाउनुको साटो ‘पुष्पाजस्तै केटी पेट्रोल छर्केर जलेको जस्तो छ’ भन्दै दिनेशले पुष्पाका बाबु पुरुषोत्तम न्यौपानेलाई खबर गरेका थिए । त्यस क्रममा बचाउन छाडेर हेरेर बस्नुले छोरीको मृत्यु नै शंकास्पद भएको काका उत्तमको भनाइ छ । केहीबेरमा प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले हत्या आशंकामा सुदनलाई पक्राउ गरी अदालतमा अनुसन्धानका लागि म्याद थप गरिसकेको छ । सुदनका दाजु मधुसुदन, बाबुआमालाई पनि नियन्त्रणमा लिएकामा सोधपुछपछि छाडिएको छ ।
पुष्पाको सोमबार नै दाहसंस्कार गरिएको छ । महाराजगन्जका डीएसपी अंगुर जीसीले पक्राउ परेका सुदनविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान अघि बढाइएको बताए । उनले भने, ‘घटनाको अनुसन्धान हुँदै छ । आत्महत्या दुरुत्साहनको कसुरमा आरोपितलाई पक्राउ गरी अदालतबाट हिरासतमा राख्ने म्याद थप गरिएको छ
प्रतिकृया दिनुहोस