बझाङको मष्टा सडक दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ८ पुग्यो, १५ जना घाइते

Bajhang accident

बझाङ । बझाङको मष्टा गाउँपालिका –४ स्थित चिउरीमा दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । १५ जना घाइतेको उपचार भइरहेको छ ।

मृत्यु हुनेमा मष्टा गाउँपालिका २- का १३ वर्षीय सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ५० वर्षीय शिन्की देवी भण्डारी, २८ वर्षीय बसन्ती धामी, १३ वर्षीय प्रचन्ड खड्का, ३८ वर्षीय बिरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र शुक्लाफाँटा नगरपालिका -७ कञ्चनपुरका ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन् ।

सुपप्र ०१-००१-ज ११७ नम्बरको जीप दुर्घटना हुँदा अहिलेसम्म १५ जना घाईते भएका छन् । घाइते हुनेमा मष्टा गाउँपालिका -२ का ८ वषीय अमृत खड्का, १३ वर्षीय रोशनि धामी, सिंहवीर बुढा, गाडी चालक राजेश रोकाया, ४ बवर्षीय सिर्जन सिंह, ११ वर्षीय अम्बिका सिंह, सोही वडा २५ वर्षीय कमला कठायत, २१ वर्षीय निन्दा ओखेडा, ७५ वर्षीय बिरबहादुर खड्का, मष्टा साडा -१ बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ वर्षीय हेमन्ती सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर भएपछि धनगढी रेफर गरिएको थियो तर बाटोमै ५० बर्षिया शिन्की भण्डारीको निधन भएको छ। अरु बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरै जसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

र, यो पनि...

बझाङ दुर्घटनाका सबै मृतकको पहिचान खुल्यो, १८ जना घाइतेको उपचार हुँदै

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...