महानगरमा अब पालो सेना र प्रहरीको, १० दिनभित्र राजश्व बुझाउन ताकेता
काठमाडौं । काठमाडौं महानगरपालिका पछिल्लो समयमा राजश्व संकलनमा अभियान नै सञ्चालन गरेको छ । महानगरको आक्रामक ताकेताका कारण वर्षाैदेखि राजश्व नतिर्ने सरकारी कार्यालयदेखि नीजि कार्यालयहरुले समेत धमाधम कर तिर्न थालेका छन् ।
यसैक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा नेपाली सेना र नेपाल प्रहरीलाई बहाल कर तिर्नका लागि ताकेता गरेको छ । मेयर शाहको निर्देशनमा महानगरको राजस्व विभागले नेपाल आर्मी, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई बहाल कर बुझाउन भन्दै पत्र लेखेको हो ।
महानगरले ती कार्यालयहरूले आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकाले वडा कार्यालयमा बहाल कर बुझाउन पटक पटक ताकेता गरे पनि नबुझाएको जनाएका छन् ।
बहाल आम्दानीको विवरणसहित पत्र प्राप्त भएको १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गएर नियमानुसार बहाल कर र जरिवाना बुझाउन महानगरले भनेको छ ।
तोकिएको मितिभित्र बहाल कर नबुझाए महानगरापलिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर असूलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाइने पत्रमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस