अर्थमन्त्री शर्मामाथि छानविन गर्न संसदीय विशेष समिति गठन

Janardan sharma 1

काठमाडौँ । प्रतिनिधिसभाले अर्थमन्त्री जनार्दन शर्माको संलग्नतामा भएको बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको प्रवेश र व्यापारिक स्वार्थमा करको दर हेरफेरको विषयमा सत्य तथ्य छानविन गर्न संसदीय विशेष समिति गठन गरेको छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन भएको घोषणा गर्दै सदस्यहरुको नाम प्रस्तुत गरेका थिए।

समितिमा एमालेबाट चार, कांग्रेस, माओवादी केन्द्रबाट दुई/दुई जना, एकीकृत समाजवादी, जसपा र लोसपाबाट एकरएक जना सदस्य छन्।

सभामुखले प्रस्तुत गरेको समितिको सदस्यहरुमा खजराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव रहेका छन्।

प्रतिनिधिसभाले सभापति र कार्यविधि चयन गर्ने जिम्मा समितिलाई नै दिएको छ। समितिको कार्याविधि १० दिनसम्म हुने सभामुख सापकोटाले जानकारी गराए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...