अर्धकट्टी सहितका मत पत्र भेटिएपछि फेरि अवरुद्ध भयो धुलिखेलको मतगणना

Mat ganana 2

काभ्रे । पटक पटक स्थगित हुँदै गणना हुँद्यै आएको काभ्रेको धुलिखेल नगरपालिकाको मत गणना फेरि स्थगित भएको छ ।

वडा नम्बर ११ को मतगणनाका क्रममा अर्धकट्टी सहितका ६१ वटा मत पत्र भेटिएपछि दलका प्रतिनिधिहरुले विरोध गरेका छन् । यही विरोधले फेरि मत गणना कार्य स्थगित बनाएको छ ।

यसअघि उम्मेदवार नउठेको र उठेको एउटै पदमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको पदको मत सदर मान्ने कि नमान्ने भन्ने विवादले मत गणना रोकिएको थियो ।

मतगणनासम्बन्धी निर्देशिकामा मतपत्र १ देखि ५ सम्म एक पदमा एकभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्नमा मत संकेत गरेको भए उम्मेदवार भएको वा नभएको भए बदर गर्ने व्यवस्था छ ।

तर धुलिखेलमा एउटै पदमा उम्मेदवार नउठेको र उठेको पद दुवैमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको पदको मत सदर मान्ने सहमति गरेको थियो । सोहीअनुरुप वडा नम्बर ८ सम्मको मतगणना सकेर घोषणा समेत भइसकेको छ । तर वडा नम्बर ९ को गणनाका क्रममा एमाले सहमतिबाट पछि हट्यो र निर्देशिकाअनुसार नै मत गणना हुनुपर्ने अडान लियो ।

अरु दल त्यसमा सहमत भएपछि धुलिखेलको मत गणना दुई दिनसम्म रोकिएको थियो । स्थानीय स्तरमा सहमति जुट्न नसकेपछि निर्वाचन कार्यालयले निवार्चन आयोगको राय मागेको थियो ।

आयोगले गणना भइसकेको हकमा केही नगर्ने र नयाँ गणना निर्देशिकाअनुसार नै गर्न निर्देशन दिएको छ । त्यसअनुसार बिहीबार दिउँसो मात्र मत गणना सुरु भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...