सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको सांसद भट्टराईको आरोप
काठमाडौँ । एमाले सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकका लागि संसद् भवन पुगेका भट्टराईले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको बताए ।
उनले पार्टी हारको कारण उम्मेदवार छनोटमा कमजोरी हुनु रहेको बताए । कतिपय ठाउँहरुमा पार्टीलाई जिताउन नलागी विरोधीहरुलाई जिताउन साँठगाँठ गरिएको पनि उनले बताए ।
सांसद भट्टराईले काठमाडौं महानगरपालिकामा कांग्रेस, एमाले लगायतका ठूला दलहरुलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरुको निम्ति खतराको घण्टी भएको टिप्पणी गरे ।
प्रतिकृया दिनुहोस