८१ स्थानीय तहको नतिजा सार्वजनिक, एमाले ३५ तथा कांग्रेस २६ स्थानमा विजयी
काठमाडौँ । स्थानीय निर्वाचनको पछिल्लो मत परिणाम अनुसार ८१ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा एमालेले सबभन्दा बढी स्थानीय तहमा आफ्नो पकड जमाएको छ भने कांग्रेसले पछ्याइरहेको छ। अहिलेसम्म एमालेले ३५ स्थानीय तहमा जित हासिल गरेको छ भने कांग्रेसले २६ स्थानीय तहमा जित निकालेको छ। यस्तै, माओवादी केन्द्रले २० र एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेका छन् ।
हालसम्म नेकपा एमाले जितेका पालिकाहरू
मनाङको मनाङ ङिस्याङ गाउँपालिका, मनाङको चामे गाउँपालिका, मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङको लोमान्थाङ गाउँपालिका, डोल्पाको से फोक्सुण्डो गाउँपालिका, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, बझाङको साइपाल गाउँपालिका, नवलपुरको बौदीकाली गाउँपालिका, बझाङको थलारा गाउँपालिका, मुस्ताङको थासाङ गाउँपालिका, म्याग्दीको मालिका गाउँपालिका, भोजपुरको हतुवागढी गाउँपालिका, धनकुटाको चौविशे गाउँपालिका, तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका, दार्चुलाको महाकाली नगरपालिका, स्याङजाको हरीनास गाउँपालिका, बैतडीको पन्चेश्वर गाउँपालिका, दैलेखको गुराँस गाउँपालिका, नवलपुरको बुलिङटार गाउँपालिका, रसुवाको गोसाइँकुण्ड गाउँपालिका, इलामको माङसेबुङ गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिका, मकवानपुरको भीमफेदी गाउँपालिका, डोटीको जोरायल गाउँपालिका, भोजपुरको हतुवागढी गाउँपालिका, दार्चुलाको शैल्यशिखर गाउँपालिका, भिमफेदी गाउँपालिका, ऐशेलुखर्क गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, तनहुँको म्यादे गाउँपालिका, अर्घाखाँचीको पाणिनी गाउँपालिका, पाल्पाको तिनाउ गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिका छन् ।
नेपाली कांग्रेस विजयी भएका पालिकाहरूमा
मनाङको नार्पा भूमी गाँउपालिका, मनाङको नासोँ गाउँपालिका, मुस्ताङको घरपोझङ गाउँपालिका, गुल्मीको रेसुङ्गा नगरपालिकामा, गन्यापधुरा गाउँपालिका, गुल्मीको गुल्मीदरबार गाउँपालिका, डोटीको बडीकेदार गाउँपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका, डडेलधुराको नवदुर्गा गाउँपालिका, बागलुङको तमानखोला गाउँपालिका, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका, सोलुखुम्बुको लिखु पिके गाउँपालिका, संखुवासभाको सभापोखरी गाउँपालिका, सल्यानको कुमाख गाउँपालिका, बैतडीको शिवनाथ गाउँपालिका, दैलेख भैरवी गाउँपालिका, लमजुङको दूधपोखरी गाउँपालिका, बागलुङको गलकोट नगरपालिका, तेह्रथुमको फेदाप गाउँपालिका, पाँचथरको कुम्मायक गाउँपालिका, कास्कीको माछापुच्छ्रे गाउँपालिका, सोलुखुम्बुको सोताङ गाउँपालिका, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, डडेल्धुराको नवदुर्गा गाउँपालिका, रसुवाको आमाछोदिङमो गाउँपालिका र अछामको ढाकरी गाउँपालिका छन् ।
नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरूमा
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, रुकुम पूर्व भागको पुथा उत्तरगंगा गाउँपालिका, डोल्पाको जगदुल्ला गाउँपालिका, दैलेखको नौमुले गाउँपालिका, बाग्लुङ ताराखोला गाउँपालिका, उदयपुर लिम्चुङबुङ गाउँपालिका, रोल्पाको थवाङ गाउँपालिका, खोटाङको जन्तेढुंगा गाउँपालिका, दार्चुलाको नौगाड गाउँपालिका, हुम्लाको ताजाकोट गाउँपालिका, गोरखाको अजिरकोट गाउँपालिका, सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका, गुल्मीको चन्द्रकोट गाउँपालिका, दार्चुलाको मार्मा गाउँपालिका, दार्चुला अपिहिमाल गाउँपालिका, भोजपुरको आमचोक गाउँपालिका, दार्चुलाको लेकम गाउँपालिका, डडेल्धुरा आलिताल गाउँपालिका, डोटीको बोकटान फुड्सिल गाउँपालिका र रोल्पा नगरपालिका रहेका छन् ।
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिकामा
डोल्पाको छार्का साङतोङ गाउँपालिका र डोल्पाको काइके गाउँपालिका छन् ।
प्रतिकृया दिनुहोस