एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज बस्ने, एमसीसीको विषय मुख्य

Ncp united socialist yakikrit samajbadi

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटीको बैठक बोलाएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा छलफल गर्न आज विहान ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आज नै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

एमसीसी परियोजनाका कारण पाँच दलीय गठबन्धन टुट्ने अवस्थामा छ । यसलाई जोगाउन माओवादी र समाजवादीले वैकल्पिक उपाय खोज्ने बताइरहेका छन् भने नेपाली कांग्रेस जस्ताको तस्तै पास गर्ने पक्षमा छ । उता नेकपा एमालेले भने अहिलेसम्म कुनै निष्कर्ष दिएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...